Blogs/Nepali

मलाई मनमा खट्केको कुरा राख्न सयौं बीचमा रत्तिभर पनि अप्ठ्यारो लाग्दैन ।

मेरो सीमितता

मलाई मनमा खट्केको कुरा राख्न सयौं बीचमा रत्तिभर पनि अप्ठ्यारो लाग्दैन । मेरा गोडा काम्दैन । मेरो हृदयले जे ठीक सोच्छ, ती म बोलि पठाउँछु । तर जब परमेश्वरको पवित्र शास्त्रबाट म बोल्ने आँट गर्छु, त्यति नै मेरा गलामा कम्पन उत्पन्न हुन्छ र अवरुद्द हुन्छ । मेरा अंगका जोर्नीहरू शिथिल भएको पाउँदछु । मेरा ओठ सुकेर प्याक्क भएको हुन्छ । मेरो कान तातेर रातो हुन्छ । स्वासको गति सँगै हृदयको ढुकढुकी तीब्रले बढेर आउँछ । मैले आफ्नो क्षमताले भ्याए सम्म सोध-खोज, अध्ययन र मनन गरेर तयार पारेको उहाँको महिमित वचन उचाहरण गर्न र प्रचार गर्न मेरो आँट छिनिएला जस्तो भएर आउँछ । अतिरिक्त विषयमा म धाराप्रवाह रूपमा बोल्ने हिम्मत राख्छु । तर मैले नै अध्ययन गरेको र व्यक्तिगत रूपमा चिनेको मेरो परमेश्वरको वचनबाट दिब्यज्ञान पाठ गर्न मेरो हुति हराउँछ । यसले मलाई एउटा बिन्दुमा पुर्याउँछ र यो कुराको रहस्योदघाटन गरिदिन्छ कि, म कति कमजोर छु र मलाई कति धेरै प्रभूको अनुग्रह, बल र ज्ञानको खाँचो छ । यस सत्यताले मलाई मेरो व्यक्तिगत सामर्थको किमान्थ पनि भरोसा गर्न नसकिने एउटा तथ्य उजागर गरिदिन्छ । यसले मलाई भुइँ सम्मै निहुरिने गरि नम्र तुल्याउँछ ।

 ख्रीष्ट मात्र सार हुनुहुन्छ

यसर्थमा, मेरो सोध र अध्ययन भनेको एउटा तत्व हो, तर सार भने होइन । ख्रीष्ट मात्र सार हुनुहुन्छ । अनि उहाँले म दुर्बल भनि जानीकन पनि मलाई यो जिम्मेवारी सुम्पनुभएको कारण म भयसाथ धर्मशास्त्रबाट बोल्न अघि सर्छु । मैले परमेश्वरको वचनको सेवकाई म भयङ्कर ज्ञानी भएर वा उहाँको रहस्यको उजागर गर्न जान्ने सिपालु वक्ता भएर कदापि पनि होइन । साथमा, म एक बालक झैँ अचम्म पनि मान्ने गर्छु कि परमेश्वरले किन म ढंग पुर्याएर गहकिला कुरा बोल्न नआउनेलाई यो अभिभारा सुम्पनुभयो । अन्ततगोत्वा: म यसै कुराको कौतुहलता मेट्ने गरि मैले मेसो थाहा गरेको छु कि उहाँ मेरो “म” लाई शुलीमा टाँगेर मलाई दीन र नम्र तुल्याउन चाहनुहुन्छ । साथै, जसरि मैले बालककालमा सबै कुराको श्रोत आफ्नो माता-पितामा देखें र उहाँहरूप्रति असीम आशा र भरोसा राखें, आज मलाई परमेश्वरले त्यहि बालक भएर स्वर्ग अनि पृथ्वी सृजनु हुने पितामा पनि त्यसरी नै आड-भरोसा खोजोस् भनेर मलाई यो सेवाकाई दिनुभयो ।

जीवनको केन्द्रबिन्दु ख्रीष्ट हुनुहुन्छ 

उहाँले मलाई आफ्नो खुशीमा, आफ्नै उद्देश्य पूर्तिको निम्ति यो वचनको सेवकाई दिनुभयो । यो न त् मलाई मेरो घरानामा वा समुदायमा उच्च पार्नका निम्ति नै हो, न त् मेरो व्यक्तिगत आध्यात्मिक जीवन उकास्न नै हो । यो उहाँकै प्रशन्नतामा, उहाँकै शिद्ध इक्षा ममा पूरा होस् भन्ने हेतुले म अज्ञानीलाई ज्ञानीहरूको माझबाट बोलाउनुभयो र यो कार्यभार सुम्पनुभयो । न यो बोलावट म केन्द्रित हो, न यो कहिल्यै हुनेनै छ । यो परमेश्वर केन्द्रित काम हो । त्यसैले मैले वा मेरो मण्डलीले मेरो बदख्वाइ गर्ने कुनै स्थान छैन । न त् म स्वयम् घमण्डले फूल्ने कुनै ठाउँ नै छ । म मेरै होइन भने मैले अरू के भन्ने ? के दावी गर्ने ? के धक्कु लाउने ?

मैले उहाँको जीवन, हाम्रो पापको खातिर उहाँले भोग्नुभएको क्रूसको दर्दनाक मृत्यु, मृत्युमाथि विजयी हुनुभएको पूनरूत्थानको जीवन, हाम्रा निम्ति उहाँबाटको महिमित आशा र न्यायको प्रचार गर्ने साहस लिएको छु । यसैकारण, म आफूलाई अयोग्य ठानेर पनि उहाँको यो महान् कामको प्रचार गर्छु ।

यसैकारण, म ख्रीष्टको बारेमा उहाँ केन्द्रित भइ सुसमचार प्रचार गर्छु । उहाँले मलाई कति धेरै आशिष पोखाउनुभयो वा ज्ञान दिनुभयो भन्ने कुरा त गौण थोक मात्र हुन् । तर उहाँ को हुनुहुन्छ र उहाँमा मेरो नयाँ परिचय र सम्बन्ध के हो भन्ने कुरा मेरो प्राथमिकता हो । उहाँमा म रहेको छु भने म सँग सबथोक छ । उहाँ हुनुहुन्छ भने म छु, नभए त्यो आशिष र ज्ञान त् व्यर्थ छ । त्यसैले म विभिन्न चुनौती हुँदाहुँदै पनि म पल्पिटको सेवाकाई गर्छु र उहाँको नाउँको प्रचार गर्छु । मैले उहाँको जीवन, हाम्रो पापको खातिर उहाँले भोग्नुभएको क्रूसको दर्दनाक मृत्यु, मृत्युमाथि विजयी हुनुभएको पूनरूत्थानको जीवन, हाम्रा निम्ति उहाँबाटको महिमित आशा र न्यायको प्रचार गर्ने साहस लिएको छु । यसैकारण, म आफूलाई अयोग्य ठानेर पनि उहाँको यो महान् कामको प्रचार गर्छु ।

Satya Maharjan

यसैकारण, म ख्रीष्टको बारेमा उहाँ केन्द्रित भइ सुसमचार प्रचार गर्छु । उहाँले मलाई कति धेरै आशिष पोखाउनुभयो वा ज्ञान दिनुभयो भन्ने कुरा त गौण थोक मात्र हुन् । तर उहाँ को हुनुहुन्छ र उहाँमा मेरो नयाँ परिचय र सम्बन्ध के हो भन्ने कुरा मेरो प्राथमिकता हो । उहाँमा म रहेको छु भने म सँग सबथोक छ ।

Web: https://cafnepal.wordpress.com

5 Comments

Milan Bakhem

FEBRUARY 13, 2015 AT 9:15 PM

यसर्थमा, मेरो सोध र अध्ययन भनेको एउटा तत्व हो, तर सार भने होइन । ख्रीष्ट मात्र सार हुनुहुन्छ । अनि उहाँले म दुर्बल भनि जानीकन पनि मलाई यो जिम्मेवारी सुम्पनुभएको कारण म भयसाथ धर्मशास्त्रबाट बोल्न अघि सर्छु ।

Reply

Rinzin Tamang

MARCH 16, 2015 AT 4:35 AM

यसर्थमा, मेरो सोध र अध्ययन भनेको एउटा तत्व हो, तर सार भने होइन । ख्रीष्ट मात्र सार हुनुहुन्छ । अनि उहाँले म दुर्बल भनि जानीकन पनि मलाई यो जिम्मेवारी सुम्पनुभएको कारण म भयसाथ धर्मशास्त्रबाट बोल्न अघि सर्छु ।

Reply

Silvia Sunuwar

June 3, 2015 AT 2:13 PM

यसर्थमा, मेरो सोध र अध्ययन भनेको एउटा तत्व हो, तर सार भने होइन । ख्रीष्ट मात्र सार हुनुहुन्छ । अनि उहाँले म दुर्बल भनि जानीकन पनि मलाई यो जिम्मेवारी सुम्पनुभएको कारण म भयसाथ धर्मशास्त्रबाट बोल्न अघि सर्छु ।

Reply

Leave a Reply

Make sure you enter the (*) required information where indicate. HTML code is not allowed!